Category: कविता

  • सुन्दर गण्डकी प्रदेश

    दिदीबहिनी ,दाजुभाइ दिनुहोला ध्यानगण्डकी प्रदेशको गर्छु बयानठूलासाना गरि जम्मा यहाँ एघार जिल्ला त्यही जिल्लाका  विविध ठाउँमा ऐतिहासिक किल्ला । भक्ति थापा भिमसेन थापा यै माटोमा जन्मीएनेपालको इतिहासमा नाम कमाएपृथ्वीनारायण शाहले देश ठूलो बनाएवीरहरुको महत्त्व छ भनी जनाए । देशैभरी नाम चलेको मनकामना माईमनको इच्छा पुर्याइदिन्छिन सबै जनलाइफेवातालमा डुङ्गा चढी घुम्न पाइने सररचिसो चिसो बतास चल्दा मनै […]

  • भानुभक्तप्रति श्रध्दासुमन

    साल उन्नाइस सय एकहत्तर असारमा तिमी यो धर्तीमा आयौचुँदीरम्घाको हरीयाली र सुन्दरतासँगै रमाई बालापन बितायौघाँसीलाई भेटेपछि आफ्नो जीवनको लक्ष्य पहिल्यायौनेपाली भाषा र साहित्यलाई तिमीले अति ठूलो गुन लगायौ। पितामह श्रीकृष्णबाट घरैमा सँस्कृतको शिक्षा पायौजीवनयापनको लागि कौशीखानाको जागीर पनि खायौछलकपट,दाँयाबाँया नजान्दा व्यर्थैमा केही दिन कैदमा वितायौउडुस ,उपीँयाको टोकाइ सही लामखुट्टे कति धपायौ। जीवनमा पहिलोपटक जब कान्तिपुरी […]

  • मेरो प्यारो बन्दिपुर

    बन्दिपुरमा आउ घुम्न साथीतनहुँ जिल्ला डुम्रेको त्यही माथि छिम्केश्वरी माई,छिम्केश्वरी माईसम्झना हुनेछ ,सधैंभरीलाई पूर्व हेर्दा हरियो रानीबनदेखेपछि रमाउँछ हाम्रो मनडाँडै थानीमाई,डाँडै थानीमाईसम्झना हुनेछ सधैंभरीलाई वौध्दगुम्बा दर्शन गरौंला सिध्दगुफा त्यहीँबाटै झरौंलाखडगदेवी माई,खडगदेवी माईसम्झना हुनेछ सधैंभरीलाई हिमश्रृङ्खला देखिन्छ झललमर्स्याङदी नि बगेको सललविन्ध्यवासिनी माई,विन्ध्यवासिनी माईसम्झना हुनेछ सधैंभरीलाई।

  • हाम्रो तनहुँ 

    ऐतिहासिक महत्त्वको तनहुँ जिल्ला हाम्रो देशभरीमा लाग्छ मलाई सबैभन्दा राम्रो ठाउँ ठाउँबाट देखिन्छ है हिमालै झललसेती मादी राफ्टीङ गर्छन् पर्यटक सलल मगर,गुरुङ ,व्राम्हण र अन्य जातजाति जोगाएर बसेका छन् आआफ्नो संस्कृति पृथ्वी राजमार्ग यस्को मुख्य मेरुदण्ड जस्को भरमा चलेको छ व्यापार ,उद्योगधन्दा प्रगति र समृद्धिको हिंड्दैछ बाटोमा वेदव्यास जन्मेका हुन यहीँको माटोमा भूतखोलामा छ भन्छन् है फलामको खानीयहीँ जिल्लामा बन्दिपुर छ “पहाडकी […]

  • हाम्रो देश

    लेकबेँसी,डाँडाकाँडा,सयौं नदीनालाखेतबारी चारैतिर झुल्छन् धानका बालालालीगुराँ,डाँफेचरी, हिमालको देशदौरा सुरुवाल ,ढाकाटोपी, कति राम्रो भेष गौतम बुध्द,तेन्जिङ शेर्पा,पासाङ ल्हामु अनियै धरतीमा जन्मेकी हुन् पासाङ ल्हामु पनिअमरसिंह ,भक्तिथापा,भिमसेनको देशदौरा सुरुवाल ढाकाटोपी कति राम्रो भेष गैंडा, हात्ती,मयूर र बाघ अनि गोही सबै देश मित्र हाम्रा छैनन् शत्रु कोही शुक्र, धर्म ,गंगालाल र दशरथको देशदौरा सुरुवाल ,ढाकाटोपी कति राम्रो भेष

  • हाम्रो कोरिया यात्रा

    केही वर्ष पहिले थियोे राम्रो संजोग परेकोकस्तो रहेछ हेर्न भनी दक्षिण कोरिया झरेको दुई दिनको यात्रापछि विमानस्थलमा आइयोइन्चोन विमानस्थल रहेछ,सोधी थाहा पाइयो । यात्रुलाई जाँच गर्ने रैछन तीनले थरीथरीका कतै फोटो लिन्थे भने कतै भिन्दै तरीका रोगी मानिस कोही नआओस् भनी जाँच गर्नेयस्तो जाँच देख्दा को पो नहोला दङ्ग पर्ने ! बसमा यात्रा गर्दा पनि पैसै तिर्नु नपर्ने मात्र […]