बन्दिपुरमा आउ घुम्न साथी
तनहुँ जिल्ला डुम्रेको त्यही माथि
छिम्केश्वरी माई,छिम्केश्वरी माई
सम्झना हुनेछ ,सधैंभरीलाई
पूर्व हेर्दा हरियो रानीबन
देखेपछि रमाउँछ हाम्रो मन
डाँडै थानीमाई,डाँडै थानीमाई
सम्झना हुनेछ सधैंभरीलाई
वौध्दगुम्बा दर्शन गरौंला
सिध्दगुफा त्यहीँबाटै झरौंला
खडगदेवी माई,खडगदेवी माई
सम्झना हुनेछ सधैंभरीलाई
हिमश्रृङ्खला देखिन्छ झलल
मर्स्याङदी नि बगेको सलल
विन्ध्यवासिनी माई,विन्ध्यवासिनी माई
सम्झना हुनेछ सधैंभरीलाई।
Leave a Reply