लेकबेँसी,डाँडाकाँडा,सयौं नदीनाला
खेतबारी चारैतिर झुल्छन् धानका बाला
लालीगुराँ,डाँफेचरी, हिमालको देश
दौरा सुरुवाल ,ढाकाटोपी, कति राम्रो भेष
गौतम बुध्द,तेन्जिङ शेर्पा,पासाङ ल्हामु अनि
यै धरतीमा जन्मेकी हुन् पासाङ ल्हामु पनि
अमरसिंह ,भक्तिथापा,भिमसेनको देश
दौरा सुरुवाल ढाकाटोपी कति राम्रो भेष
गैंडा, हात्ती,मयूर र बाघ अनि गोही
सबै देश मित्र हाम्रा छैनन् शत्रु कोही
शुक्र, धर्म ,गंगालाल र दशरथको देश
दौरा सुरुवाल ,ढाकाटोपी कति राम्रो भेष
Leave a Reply