-
बाल्यकालका अमूल्य संझनाहरु
बाबियोको डोरी बाटेर लिङ्गेपिङ हालिन्थ्योसाउने संक्रान्तिको बेलामा राँको बालिन्थ्योपाइप गोलोबनाई साईकल बनाई गुडाउँथ्यौंखड्गदेवी मन्दिरमा गई चङ्गा उडाउँथ्यौं। रोपाइँजात्रा सिङ्गारीएर रमाइलो गरीन्थ्योघरघरमा मागेको पैसाले खल्ती भरीन्थ्योफूलपातीमा रातैभरी चूडका नाचेको हेरीन्थ्योनजा भन्थे घरकाले तर के को टेरीन्थ्यो ? बाँसको पचुका बनाई फागुमा रंग हानेको ठूलाठूला मुढा ल्याएर शिवरात्री मानेकोएकादशी जात्रा हेर्दै अस्पतेमा डुलेकोयस्तै यस्तै संझनाहरु छैन मैले भुलेको।
-
परदेशीको चिठ्ठी
सबै व्यवहार छोडेकोछु तिम्रै भरमा पियारी राम्रो संग बसिराख बालबच्चा सियारी पाएसम्म छुट्टी मिलाई आउँछु हरेक वर्ष जीवनमा कहिले आँशु कहिले हुन्छ हर्ष । सकेसम्म जोगाएर पठाउँला कमाइ धेरै खर्च नगर्नु है राखिराख्नु समाई चिप्लो पारी पारी कोही पैसा माग्न आउलान एक पटकमा नपाए नि बारम्बार धाउलान । पैसा फुत्काइ लगेपछि फिर्ता पाउन गार्हो त्यही पैसा बन्छ पछि मायाको तगारो सधैँ संगै बस्छु […]
-
घुमौं भरतपुर
चितवन पोस्ट मा छापिएको मेरो एक कविता भरतपुर भ्रमण वर्ष को मौका पारि केरा, आँप, लिचीलगायतका फलफूल फल्छन् थरीथरी धेरै जिल्लाका मानिस बस्दछन् यहाँ विविध पेसा गरी खाद्यान्न बाली पनि राम्रो उब्जनी हुने यहाँको मलिलो छ माटोपूर्वपश्चिम यात्रा गर्छन् दैनिक हजारौँ यसै ठाउँको बाटो । प्याराग्लाइडिङ गर्ने मन भएमा यदि चौकीडाँडा जाउँ वरिपरिका सुन्दर दृश्य […]
-
भरत तालको चर्चा
धेरै चर्चा सुनेका थियौं छ रे अति राम्रो भरतताल हेर्ने धोको पूरा भयो हाम्रो मिनीपानीजहाज चढी तालमा घुम्यौं सरररचन्द्रसूर्य अंकित झन्डा साथमा फररर धन्यवाद छ निर्माणकर्ता सम्पूर्ण जनलाईत्यस क्षेत्रका निवासीहरुका चोखो मनलाई आफ्नो आफ्नो ठाउँमा जुटौं न यस्तै केही गर्नएकजुट भए सकिन्छ है भन्ने सन्देश छर्न।
-
नया वर्ष २०८० को शुभकामना
चन्द्रमा दाहिने भइरहुन् सधैं मेरा परिवार,इष्टमित्र आफन्तका साथमादु:ख, बिमार कहिल्यै नपरोस् आराम रहोस् उहाँहरुकोगाथमारक्षा गरुन् पशुपतिनाथ,मौलाकालिका,माता छिम्केश्वरी,मनकामना नववर्ष २०८० को पावन अवसरमा सबैलाई हार्दिक शुभकामना ।
-
छोरीज्वाईलाई बुवाको आशिर्वाद
स्वस्थ्य रही वितोस् जीवन आराम रहोस् तनमापिर,चिन्ता केही नरहोस् आनन्द होस् मनमाखुशीमा वितीरहोस् पलहरु यही छ हाम्रो चाहनादाम्पत्य जीवनको दोश्रो वार्षिकोत्सबमा हार्दिक शुभकामना ।