चितवन पोस्ट मा छापिएको मेरो एक कविता भरतपुर भ्रमण वर्ष को मौका पारि
केरा, आँप, लिचीलगायतका फलफूल फल्छन् थरीथरी
धेरै जिल्लाका मानिस बस्दछन् यहाँ विविध पेसा गरी
खाद्यान्न बाली पनि राम्रो उब्जनी हुने यहाँको मलिलो छ माटो
पूर्वपश्चिम यात्रा गर्छन् दैनिक हजारौँ यसै ठाउँको बाटो ।
प्याराग्लाइडिङ गर्ने मन भएमा यदि चौकीडाँडा जाउँ
वरिपरिका सुन्दर दृश्य देखिने अति रमाइलो छ ठाउँ
मस्जिद छ, गुम्बाहरू छन् अनि मन्दिरहरू कति कति
जोगाएर राखिराख्नुछ हामीले यी अमूल्य सम्पत्ति | |
बाइपास बाटो कति राम्रो ढकमक्क फूल फूलेको
भरतपुरको चौतर्फी विकास देख्दा यो मनै भुलेको ,
जोर्कुसुम पार्क पनि दिनदिन बन्दैछ झन्झन् राम्रो
नदीकिनार शीतल हावा चलिरहन्छ गहना हो हाम्रो ।
रिसोर्टहरू खुलेका छन् नगरका विभिन्न ठाउँमा
होमस्टेहरू पनि चलाएका छन् जाने भए गाउँमा
भाटभटेनीमा किनमेल गरौँ विविध सामान भेटिन्छ
एकपटक त जानैपर्दछ विदेशको झल्को मेटिन्छ |
नारायणीमा मोटरबोट चढी जलयात्रा गरौँ
नयाँ नौला साथीहरूसँग पवित्र हार्दिकता छरौँ
मिलिजूली बस्दछन् यहाँ विभिन्न जातजाति
जोगाएर राखेका छन् सबैले आआफ्नो संस्कृति |
उन्तिसै वडाहरूमा चल्दैछ विकासको लहर
देशैभरिमा बन्दैछ हाम्रो भरतपुर नमुना सहर
लेख्नुपर्ने कति कुराहरू पक्कै छुटेको पनि होला
क्षमा दिनुहोला मलाई थाप्दछु माफीरूपी यो झोला |
Leave a Reply