-
छोराको सगरमाथा यात्रा
एक्लै घुम्न भनी निस्क्यौ एभरेष्ट बेसक्याम्प तिरकताकता हाम्रो मनमा लागिराथ्यो पीरबीसौं दिनको यात्रा पूरा गरि आइपुग्यौ घरयसै गरि दृढ अठोट लीई आफ्ना इच्छा पूरा गर।
-
छोराको उडान
उच्चशिक्षाको लागि जाँदैछौ बाबु तिमी धेरै परआफन्तजन भेटघाट हुँदा आदर सम्मान गरनिश्चित समयमा सफलता आउनेछ तिम्रो हातमापलपलको आशिर्वाद तिमीलाई हुनेछ साथमा स्वास्थ्यमा ध्यान दिनु, नलिनु यता घरको पिरराम्रोसँग अघि बढ्नु, आफ्नो पढाइतिरआफ्नो लक्ष्यमा पुग्ने गरि सधैं राम्रो काम गर्नुतिम्रो असल संस्कारको मीठो सुवास छर्नु।
-
सिरु बारीका यादहरु
अति राम्रो लाग्यो हामीलाई सिरुबारी गाउँ होमस्टे शुरु गर्ने देशकै पहिलो ठाउँ पुग्नासाथै अर्गानिक मीठो खाजा खाइयोमनै खुशी हुनेगरी स्वागतसत्कार पाइयो । बेलुकीमा जम्मा भई कार्यक्रम हेरीयोउत्साह र उमङ्गले हाम्रो मन भरीयोत्यस्पछि तोकिएको घरघरमा आइयोचिसोचिसो हावापानी मीठो निन्द्रा पाइयो । होमस्टेको नियमलाई मान्नुपर्छ ठूलो कति सफा बाटोघाटो छैन कतै धूलो विहानमा छिट्टै उठी भ्यूटावरमा जानीजहाँबाट देख्न पाइन्छ सुन्दरताको खानी। […]
-
नारायणीको रमाइलो तिर
सयौं मानिस हुन्छन् यहाँ साँझपख भेलायस्तो लाग्छ,लागिरहेको हो कि कुनै मेलादुई वर्षकै अन्तरालमा कस्तो भयो यो ठाउँ !नारायणगढको नारायणी किनार घुम्न जाउँ।हिउँ पग्लेर आएको छ,चिसो चिसो पानी खुट्टा डुबाई बस्छन् कोही धेरै खुशी मानीसाथीभाइ भेट हुँदाखेरी यो मन रमाउँछशीतल बतास सिरीसिरी मनमा खुशी छाउँछ।