एक्लै घुम्न भनी निस्क्यौ एभरेष्ट बेसक्याम्प तिर
कताकता हाम्रो मनमा लागिराथ्यो पीर
बीसौं दिनको यात्रा पूरा गरि आइपुग्यौ घर
यसै गरि दृढ अठोट लीई आफ्ना इच्छा पूरा गर।
-
छोराको सगरमाथा यात्रा
-
छोराको उडान
उच्चशिक्षाको लागि जाँदैछौ बाबु तिमी धेरै पर
आफन्तजन भेटघाट हुँदा आदर सम्मान गर
निश्चित समयमा सफलता आउनेछ तिम्रो हातमा
पलपलको आशिर्वाद तिमीलाई हुनेछ साथमास्वास्थ्यमा ध्यान दिनु, नलिनु यता घरको पिर
राम्रोसँग अघि बढ्नु, आफ्नो पढाइतिर
आफ्नो लक्ष्यमा पुग्ने गरि सधैं राम्रो काम गर्नु
तिम्रो असल संस्कारको मीठो सुवास छर्नु। -
सिरु बारीका यादहरु
अति राम्रो लाग्यो हामीलाई सिरुबारी गाउँ
होमस्टे शुरु गर्ने देशकै पहिलो ठाउँ
पुग्नासाथै अर्गानिक मीठो खाजा खाइयो
मनै खुशी हुनेगरी स्वागतसत्कार पाइयो ।बेलुकीमा जम्मा भई कार्यक्रम हेरीयो
उत्साह र उमङ्गले हाम्रो मन भरीयो
त्यस्पछि तोकिएको घरघरमा आइयो
चिसोचिसो हावापानी मीठो निन्द्रा पाइयो ।होमस्टेको नियमलाई मान्नुपर्छ ठूलो
कति सफा बाटोघाटो छैन कतै धूलो
विहानमा छिट्टै उठी भ्यूटावरमा जानी
जहाँबाट देख्न पाइन्छ सुन्दरताको खानी।गर्व लाग्छ,यस्तो ठाउँ हाम्रै प्रदेशमा पर्छ
दिनदिनै सयौं पाहुना यस्ले स्वागत गर्छ
स्व. क्याप्टेन रुद्रमानको सालिक देख्न पाइन्छ
यस्ता ज्ञानी समाजसेवी सबै गाउँमा चाहिन्छ । -
नारायणीको रमाइलो तिर
सयौं मानिस हुन्छन् यहाँ साँझपख भेला
यस्तो लाग्छ,लागिरहेको हो कि कुनै मेला
दुई वर्षकै अन्तरालमा कस्तो भयो यो ठाउँ !
नारायणगढको नारायणी किनार घुम्न जाउँ।
हिउँ पग्लेर आएको छ,चिसो चिसो पानी
खुट्टा डुबाई बस्छन् कोही धेरै खुशी मानी
साथीभाइ भेट हुँदाखेरी यो मन रमाउँछ
शीतल बतास सिरीसिरी मनमा खुशी छाउँछ।
