साल उन्नाइस सय एकहत्तर असारमा तिमी यो धर्तीमा आयौ
चुँदीरम्घाको हरीयाली र सुन्दरतासँगै रमाई बालापन बितायौ
घाँसीलाई भेटेपछि आफ्नो जीवनको लक्ष्य पहिल्यायौ
नेपाली भाषा र साहित्यलाई तिमीले अति ठूलो गुन लगायौ।
पितामह श्रीकृष्णबाट घरैमा सँस्कृतको शिक्षा पायौ
जीवनयापनको लागि कौशीखानाको जागीर पनि खायौ
छलकपट,दाँयाबाँया नजान्दा व्यर्थैमा केही दिन कैदमा वितायौ
उडुस ,उपीँयाको टोकाइ सही लामखुट्टे कति धपायौ।
जीवनमा पहिलोपटक जब कान्तिपुरी नगरीमा टेक्यौ
अत्यन्तै खुशी भएर मनले अलकापुरी झैँ देख्यौ
डुल्दै जाँदा फेरि जब तिमी पुग्यौ बालाजु बाइसधारा
सबै दु:ख बिर्सीगयौ हराए पीर सारा
“ प्रश्नोत्तर”, “ वधूशिक्षा” लेखी लोकलाई नैतिकता सिकायौ
“ रामायण” को श्रुतिमधुरताले संसारलाई नै लट्ठ्यायौ
रहनेछन् सूर्यचन्द्र आकाशमा जबसम्म
तिम्रो कीर्ति अटल रहनेछ जगमा तबसम्म ।
Leave a Reply