ऐतिहासिक महत्त्वको तनहुँ जिल्ला हाम्रो
देशभरीमा लाग्छ मलाई सबैभन्दा राम्रो
ठाउँ ठाउँबाट देखिन्छ है हिमालै झलल
सेती मादी राफ्टीङ गर्छन् पर्यटक सलल
मगर,गुरुङ ,व्राम्हण र अन्य जातजाति
जोगाएर बसेका छन् आआफ्नो संस्कृति
पृथ्वी राजमार्ग यस्को मुख्य मेरुदण्ड
जस्को भरमा चलेको छ व्यापार ,उद्योगधन्दा
प्रगति र समृद्धिको हिंड्दैछ बाटोमा
वेदव्यास जन्मेका हुन यहीँको माटोमा
भूतखोलामा छ भन्छन् है फलामको खानी
यहीँ जिल्लामा बन्दिपुर छ “पहाडकी रानी”
उत्तरमा मर्स्याङदी छ दक्षिणमा काली
थरी थरी उब्जाउँछन् किसानले बाली
ढोरबाराही,छाब्दीबाराही,छिम्केश्वरी माई
रक्षा गर तनहुँबासी हामी सबैलाई ।
Leave a Reply