छोराको उडान

उच्चशिक्षाको लागि जाँदैछौ बाबु तिमी धेरै पर
आफन्तजन भेटघाट हुँदा आदर सम्मान गर
निश्चित समयमा सफलता आउनेछ तिम्रो हातमा
पलपलको आशिर्वाद तिमीलाई हुनेछ साथमा

स्वास्थ्यमा ध्यान दिनु, नलिनु यता घरको पिर
राम्रोसँग अघि बढ्नु, आफ्नो पढाइतिर
आफ्नो लक्ष्यमा पुग्ने गरि सधैं राम्रो काम गर्नु
तिम्रो असल संस्कारको मीठो सुवास छर्नु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *