अति राम्रो लाग्यो हामीलाई सिरुबारी गाउँ
होमस्टे शुरु गर्ने देशकै पहिलो ठाउँ
पुग्नासाथै अर्गानिक मीठो खाजा खाइयो
मनै खुशी हुनेगरी स्वागतसत्कार पाइयो ।
बेलुकीमा जम्मा भई कार्यक्रम हेरीयो
उत्साह र उमङ्गले हाम्रो मन भरीयो
त्यस्पछि तोकिएको घरघरमा आइयो
चिसोचिसो हावापानी मीठो निन्द्रा पाइयो ।
होमस्टेको नियमलाई मान्नुपर्छ ठूलो
कति सफा बाटोघाटो छैन कतै धूलो
विहानमा छिट्टै उठी भ्यूटावरमा जानी
जहाँबाट देख्न पाइन्छ सुन्दरताको खानी।
गर्व लाग्छ,यस्तो ठाउँ हाम्रै प्रदेशमा पर्छ
दिनदिनै सयौं पाहुना यस्ले स्वागत गर्छ
स्व. क्याप्टेन रुद्रमानको सालिक देख्न पाइन्छ
यस्ता ज्ञानी समाजसेवी सबै गाउँमा चाहिन्छ ।
Leave a Reply