सुन्दर गण्डकी प्रदेश

दिदीबहिनी ,दाजुभाइ दिनुहोला ध्यान
गण्डकी प्रदेशको गर्छु बयान
ठूलासाना गरि जम्मा यहाँ एघार जिल्ला 
त्यही जिल्लाका  विविध ठाउँमा ऐतिहासिक किल्ला ।

भक्ति थापा भिमसेन थापा यै माटोमा जन्मीए
नेपालको इतिहासमा नाम कमाए
पृथ्वीनारायण शाहले देश ठूलो बनाए
वीरहरुको महत्त्व छ भनी जनाए ।

देशैभरी नाम चलेको मनकामना माई
मनको इच्छा पुर्याइदिन्छिन सबै जनलाइ
फेवातालमा डुङ्गा चढी घुम्न पाइने सरर
चिसो चिसो बतास चल्दा मनै हरर।

सिध्दगुफा देख्न पाइन्छ बिमलनगर माथि
बन्दीपुरको केबुलकार चढौं है साथी ।
ठूला ठूला नदीबग्छन् निस्की हिमालबाट
जलविद्युत दिएर देशलाई छ साथ।

लेख्नलाई त धेरै कुरा लेख्न मन छ
सबै लेख्न थाल्यो भने ठेली बन्छ।
समग्रमा भन्छु अहिले मात्र है यति
पर्यटन हो यो प्रदेशको मुख्य सम्पत्ति ।

पूर्वाधारको विकास गरी सबै ठाउँमा 
शहरमा मात्रै हैन गाउँ गाउँमा 
सबै मिली एकआपसमा सहयोग बढाओौं
यस प्रदेशलाई उन्नतिको शिखर चढाओौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *